भाइरल ‘प्र्याङ्क भिडिओ’ मा संलग्न ३ जना पक्राउ, आपसी सहमतिमै नाटक गरेको प्रहरीको खुलासा
techpana.com · Fri Jun 26 14:54:20 GMT 2026

काठमाडौं । प्र्याङ्कको नाममा सामाजिक सञ्जालमा साम्प्रदायिक घृणा र द्वेष फैलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-३ का ३१ वर्षीय राजन केसी, सोही स्थानका २८ वर्षीय डिल्ली बहादुर वली र कपिलवस्तु कृष्णनगर नगरपालिका-४ घर भई हाल रुकुम पश्चिममा पाउरोटी (बेकरी) पसल सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुवीर कोरी रहेका छन् ।
‘Jiban Oli’ नामक युट्युब च्यानलमा २४ जुन २०२६ मा सार्वजनिक गरिएको उक्त भिडिओमा डेलिभरी ब्वाईमाथि अभद्र व्यवहार गरिएको देखिएपछि सर्वसाधारणले यसको चर्को आलोचना गरेका थिए । गृहमन्त्री सुधन गुरुङले समेत संलग्नहरूलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।
Read full story at source (techpana.com)