चितवनमा मह उत्पादनमा कमी
nepalnews.com · Thu May 21 02:22:30 GMT 2026
चितवन। जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो।
मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ । गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आइएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो।
Read full story at source (nepalnews.com)