दोषी पहिचान र क्षतिपूर्तिको माग गर्दै ढल्केबरमा सडक अवरुद्ध
gorkhapatraonline.com · Fri Jun 05 05:22:00 GMT 2026

धनुषाको जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत लक्ष्मीनियामा स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा संलग्न सवारी चालकको पहिचान गरी पक्राउ गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयले शुक्रबार बिहान सडक अवरुद्ध गरेका हुन्।
स्थानीयवासीका अनुसार बिहान ७ देखि ८ः३० बजेसम्म टायर बालेर सडक अवरुद्ध गरिएको थियो। सडक अवरुद्ध हुँदा उक्त सडकखण्डमा केही समय सवारी आवागमन प्रभावित भएको थियो।
Read full story at source (gorkhapatraonline.com)