देवेन्द्रभक्त श्रेष्ठको अध्यक्षतामा नेपाल खाद्य किराना व्यवसायी संघमा नयाँ कार्यसमिति
corporatenepal.com · Sun Jul 05 09:01:30 GMT 2026

काठमाडौं । नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंकप्रसाद शेरचन, महासचिवमा ओम प्रकाश बंसल, सचिवमा दीपक कुमार फैजू, कोषाध्यक्षमा नरेशकुमार गोयल तथा सह–कोषाध्यक्षमा मनोजकुमार गुप्ता चयन भएका छन् । सदस्यहरूमा पवनकुमार अग्रवाल, राजेशकुमार हरिलालका, पवनकुमार कलवार, रविकुमार गुप्ता, गौरव सिंघानिया चयन भएको संघले जनाएको छ ।
Read full story at source (corporatenepal.com)