इरानसँगको शान्ति वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी उपराष्ट्रपतिको दाबी
makalukhabar.com · Thu May 21 03:59:45 GMT 2026

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको शान्ति सम्झौताका लागि भइरहेको वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै उनले दुवै पक्ष सैन्य कारबाहीलाई निरन्तरता दिन इच्छुक नरहेको उल्लेख गरे ।
भान्सकाअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम अमेरिकाले इमानदारीपूर्वक वार्ता प्रक्रियालाई अगाडि बढाइरहेको छ । उपराष्ट्रपति भान्सले वार्ता सफल नभएमा विकल्प बीसमेत तयार रहेको चेतावनी दिए ।
Read full story at source (makalukhabar.com)