हेटौंडा कपडा उद्योगबाट उत्पादनको अन्तिम तयारी, परीक्षण गर्न सेनालाई रकम निकासा
nagariknews.nagariknetwork.com · Sun Jul 05 09:15:41 GMT 2026

लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको अन्तिम तयारी भएको छ। सरकारको योजना र व्यवस्थापनमा सेनाले बन्द उद्योगभित्र आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार, सेनाले लामो समयदेखि बन्द अवस्थामा रहेका मेसिनको सरसफाइ र समान्य मर्मत, बिजुलीकाे व्यवस्थापनसहित परीक्षण उत्पादनका लागि आवश्यक सम्पूर्ण सामग्री संकलन भएको छ। प्रवक्ता सुवेदीले भने, यसका लागि सुरुवातबाट नै मन्त्रालय सेनासँगको प्रत्यक्ष कुराकानीमा छ। सेनाले एक चरणमा उत्पादनका लागि सम्पूर्ण तयारी पनि गरिसकेको छ। आवश्यकताअनुसार आगामी दिनमा थप सहयोग हुने नै छ।
Read full story at source (nagariknews.nagariknetwork.com)