दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
ratopati.com · Sun Jul 05 09:40:45 GMT 2026

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् । मन्त्रिपरिषद्ले यसअघि नै आईजी द्वयको भ्रमण स्वीकृत गरेको थियो।
नेपाल प्रहरीमा आईजीपी नहुँदा नियमित कामकाज गर्ने गरी एआईजी राजन अधिकारीलाई निमित्तको जिम्मेवारी दिइएको छ । आईजीपी कार्कीले एआईजी अधिकारीलाई निमित्तको जिम्मेवारी तोकेको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए । मानवश्रोत विकास विभागमा कार्यरत अधिकारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।
Read full story at source (ratopati.com)