सर्पसँगै रमाएका रमेश
gorkhapatraonline.com · Thu May 21 04:26:52 GMT 2026

उर्लाबारी, जेठ ७ गते । मोरङको उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारी नौ वर्षदेखि सर्प उद्धारमा तल्लीन हुनुहुन्छ ।
भण्डारीको २० वर्षको उमेरमा छिमेकी प्रेम विष्टसँग सङ्गत भयो । विष्ट वन कार्यालयको सुरक्षाकर्मी हुनुहुन्थ्यो । सर्प उद्धारमा सिपालु विष्टको सङ्गत गर्दागर्दै रमेशमा पनि सर्प उद्धारको भोग जाग्यो । प्रेम विष्टसँग ठुला र विषालु सर्प कुनै पनि उपकरणबिना च्याप्प समात्ने कला थियो । विष्टसँग सर्प उद्धार गर्न सिक्दासिक्दै रमेशले पनि पहिला विष नभएका सर्प समात्न थाल्नुभयो । पहिलो वर्ष विष नभएका सर्प समात्दा थुप्रै पटक सर्पले डस्यो । विष नभएका सर्प समात्न वा उद्धार गर्न त्यति जोखिम भएन । डसिहाल्यो भने पनि मरिन्न भन्ने आत्मविश्वास हुँदो रहेछ ।
Read full story at source (gorkhapatraonline.com)