गुल्मी कारागार व्यवस्थापनमा चुनौती
gorkhapatraonline.com · Thu May 21 04:29:17 GMT 2026

कारागार कार्यालय गुल्मीमा हाल १०२ जना कैदीबन्दी रहेका छन्। वि सं २०२४ सालमा स्थापना भएको तम्घासस्थित यस कारागारको क्षमता २० जना पुरुष र पाँच जना महिला गरी २५ जना कैदीबन्दी राख्न मिल्ने रहेतापनि हाल उक्त सङ्ख्यामा कैदीबन्दी रहेका गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थीले जानकारी दिनुभयो।
जीर्ण भवन रहेको यस कारागारमा ९५ जना पुरुष, छ जना महिला र एक एक जना आश्रित छन्। जेलर पन्थीका अनुसार यस कारागारमा ७० जना कैदी र २५ जना थुनुवा पुरुष छन् पाँच जना कैदी र एक जना थुनुवा महिला छन्। यहाँ कर्तव्य ज्यान १९, जबरजस्ती करणी ५७, सवारी ज्यान छ, चोरी सात, बहुविवाह तीन, हातहतियार खरखजाना एक, आपराधिक उपद्रव एक, अप्राकृतिक मैथुन एक, भष्ट्राचार एक, बालयौन दुरुपयोग एक, ज्यानसम्बन्धी कसुर तीन जना कैदीबन्दी रहेका छन्।
Read full story at source (gorkhapatraonline.com)