१० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्दै हिमालयन बैंक
clickmandu.com · Thu May 21 04:31:24 GMT 2026

काठमाडौँ । हिमालयन बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । बैंकको सञ्चालक समितिको ४९३ औँ बैठकले गरेको निर्णयअनुसार १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा लैजान लागिएको हो ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ को प्रावधान अनुसार, संस्थापक समूहको सेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्न सकिने व्यवस्था छ । पूँजीबजार र बैंकिङ क्षेत्रमा पर्ने प्रभावलाई मध्यनजर गर्दै एकपटकमा बढीमा १० प्रतिशत बिन्दुसम्म यस्तो परिवर्तन गर्न पाउने सुविधा अनुसार बैंकले यो प्रक्रिया अघि बढाएको हो ।
Read full story at source (clickmandu.com)