उत्कृष्ट तीन कर्मचारीसहित आठ पुरस्कृत
barnanmedia.com · Sat Jun 13 23:51:13 GMT 2026

जन्तेढुङ्गा गाउँपालिकाले यस वर्षको ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ तीन कर्मचारीलाई प्रदान गरेको छ । पुरुष कर्मचारीतर्फ गाउँपालिकाको कार्यालय चिसापानीमा कार्यरत अधिकृत छैटौँ भीम मगर, महिला कर्मचारीतर्फ वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव जिना राई र गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी दिनेश विष्ट पुरस्कृत हुनुभएको हो ।
पुरस्कृत हुने कर्मचारी तथा कार्यालय सहयोगीलाई जनही रु १० हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिनुभयो । गाउँपालिकाले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर माध्यमिक परीक्षा (एसइई) उत्तीर्ण गर्ने छात्रछात्रासहित पाँच विद्यार्थीलाई पनि पुरस्कृत गरेको छ ।
Read full story at source (barnanmedia.com)