नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ
nepalnews.com · Thu May 21 04:08:07 GMT 2026

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिवले जीवाश्म इन्धनलाई विश्वव्यापी जलवायु संकटको मुख्य कारणका रूपमा उल्लेख गर्दै अब विश्व समुदायले नवीकरणीय ऊर्जातर्फ तीव्र, न्यायपूर्ण र समान रूपले रूपान्तरण हुन आवश्यक रहेको बताएका छन्।
संयुक्त राष्ट्र महासभाद्वारा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रहरूको दायित्वबारे अन्तर्राष्ट्रिय अदालतको सल्लाहकार रायसम्बन्धी प्रस्ताव पारित भएपछि जारी वक्तव्यमा उनले जलवायु न्याय सुनिश्चित गर्न जीवाश्म इन्धनको प्रयोग क्रमशः घटाउँदै स्वच्छ तथा दिगो ऊर्जालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।
Read full story at source (nepalnews.com)