सूर्यविनायक–धुलिखेल सडक विस्तारले समात्यो रफ्तार, कालोपत्रे कार्य धमाधम
barnanmedia.com · Sun Jul 05 10:07:31 GMT 2026

वर्षौँदेखि यात्रुका लागि सास्तीको पर्याय बनेको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले पछिल्लो समय उल्लेखनीय गति लिएको छ। सडकका विभिन्न खण्डमा कालोपत्रे, लेन विस्तार तथा अन्य निर्माण कार्य तीव्र रूपमा भइरहेका छन्, जसले आयोजना अब अन्तिम चरणतर्फ अघि बढेको संकेत दिएको छ।
निर्माणस्थलमा दैनिक रूपमा रोलर, पेभर मेसिन र अन्य हेभी उपकरण परिचालन गरी धमाधम कालोपत्रे भइरहेको छ। यसले लामो समयदेखि धुलो, हिलो र ट्राफिक जामको समस्या झेल्दै आएका स्थानीय बासिन्दा तथा यात्रुमा छिट्टै सहज यात्रा गर्न पाइने आशा जगाएको छ।
Read full story at source (barnanmedia.com)