पृथ्वी राजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
nepalnews.com · Fri Aug 28 04:47:37 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–गल्छीखण्ड, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी करिडोर, पासाङल्हामु, रोल्पाको शहिद मार्गलगायतका अवरुद्ध छन्। पृथ्वी राजमार्गको गल्छी–बैरेनी खण्डमा बिहीबार साँझदेखि एकतर्फी सवारीसाधन सञ्चालन भएका छन्।
Read full story at source (nepalnews.com)