भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जनाको अवस्था अज्ञात, सोलुखुम्बुका मात्रै ३८
annapurnapost.com · Fri Aug 28 04:43:13 GMT 2026

विराटनगर : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १३० जना नागरिक परिवारको सम्पर्कबाट बाहिर रहेका छन्। उनीहरुको अवस्था हालसम्म अज्ञात रहेको छ। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै सोलुखुम्बुका ३८ जना रहेका छन्।
रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा पुगेका उनीहरू बाढीपछि परिवारसँग सम्पर्कमा नरहेका हुन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बिहीबार राति ८ बजेसम्मको विवरणमा १३० जना सम्पर्कविहीन देखिएका छन्। आफन्त तथा परिवारका सदस्यले प्रहरी र प्रशासनमा विवरण टिपाउने क्रम जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ।
Read full story at source (annapurnapost.com)