रसुवा बाढी : हालसम्म ८२९ जनाको उद्धार
annapurnapost.com · Fri Aug 28 04:40:27 GMT 2026

काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना र गैरसैनिक टोलीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएका छन्। बाढी प्रभावितहरुको उद्धारका लागि नेपाली सेनाका ६ वटा र गैरसैनिक ९ वटा हेलिकप्टर निरन्तर परिचालन भइरहेका छन्।
हालसम्म नेपाली सेनाको हेलिकप्टरबाट ७२४ र गैरसैनिक हेलिकप्टरबाट १०५ गरी जम्मा ८२९ जनाको हवाई उद्धार गरिएको छ। जसमा १०१ जना विदेशी नागरिक समेत रहेका छन्।
Read full story at source (annapurnapost.com)