केराको उच्च मूल्यले सुनसरीका किसान उत्साहित
gorkhapatraonline.com · Thu May 21 05:41:24 GMT 2026

सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको दशक भयो । आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा व्यक्त गर्दै आउनुभएको थियो भने कतिपय बेला आन्दोलनसमेत गर्नुभएको थियो । यसपालि भने चैत महिनाको अन्त्यदेखि उहाँ खुसी हुनुहुन्छ । इनरुवा र भोक्राहा नरसिंह क्षेत्रमा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका उहाँले यसपटक अहिलेसम्मकै उच्च मूल्य पाएकाले दंग हुनुभएको छ ।
“गत वर्ष मूल्य नै नपाएर कोसाको १–२ रुपियाँमा बेच्नुपर्यो । कति त्यत्तिकै खेर गयो, कति गाईभैँसीलाई खुवाउनुपर्यो,” मेहताले भन्नुभयो, “अहिले ५–७ रुपियाँ प्रति कोसा मूल्यमा व्यापारी बगानमै आइरहेका छन् ।”
Read full story at source (gorkhapatraonline.com)