कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन
baahrakhari.com · Sun Sep 06 00:21:34 GMT 2026

पोखरा । रसुवाको भोटेकोसी नदीमा गएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट आफन्तको ‘डीएनए’ नमूना संकलन सुरु गरिएको छ ।
डीएनएका लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना संकलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाटै सुरु गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । यसअघि उक्त सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएकामा ‘डीएनए’ नमूना संकलनलाई सहज र सरल बनाउने उद्देश्यले एकीकृत सेवा सञ्चालन गरिएको उनले बताए ।
Read full story at source (baahrakhari.com)