राष्ट्रसंघमा प्रधानमन्त्रीको कूटनीतिक ‘डेब्यु’
annapurnapost.com · Sun Sep 06 00:35:12 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्न न्युयोर्क जाने निश्चित भएको छ। आगामी असोज ८ गते दिउँसो महासभामा वक्ताका रूपमा उनले सम्बोधन गर्ने कार्यतालिका छ। कार्यभार सम्हालेपछि प्रधानमन्त्री शाहको यो पहिलो वैदेशिक भ्रमण हो।
न्युयोर्कस्थित नेपाली नियोगको ताकेतापछि राष्ट्रसंघले संशोधित कार्यतालिका पठाएको र सोहीअनुसार तयारी तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रका अनुसार, प्रधानमन्त्रीको भ्रमण अत्यन्त छरितो हुनेछ। असोज ७ मा न्युयोर्क पुगेर असोज ८ को सम्बोधन लगत्तै प्रधानमन्त्री स्वदेश फर्किने कार्यक्रम छ।
Read full story at source (annapurnapost.com)