विश्वमा बढ्दै छ रक्तदान, तर अझै उस्तै छ असमानता
nepalviews.com · Sun Jun 14 01:32:20 GMT 2026

काठमाडौं । रगतको एक थोपा कसैका लागि जीवनदान बन्न सक्छ। प्रसूतिको समयमा अत्यधिक रक्तस्राव भएर छटपटाइरहेकी आमा हुन्, गम्भीर दुर्घटनामा परेका घाइते हुन् या क्यान्सरसँग लडिरहेका बालबालिका; उनीहरूको अन्तिम सास जोगाउने एउटै आशा भनेकै कसैले स्वेच्छिक रूपमा दिएको रगत हो।
आज 'विश्व रक्तदाता दिवस' (जुन १४) मनाइरहँदा विश्वभर निःशुल्क रगत दिने तिनै निस्वार्थ दाताहरूप्रति सम्मान व्यक्त गरिँदैछ। यस वर्ष ‘ मानवताका लागि एक थोपा रगत , रक्तदान गरौँ , जीवन बचाऔँ’ भन्ने नारासहित यो दिवस मनाइँदै गर्दा, सुरक्षित रगतको आपूर्तिमा रहेको गहिरो विश्वव्यापी असमानताले भने मानवतामाथि नै प्रश्न खडा गरेको छ।
Read full story at source (nepalviews.com)