एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न
canadanepal.com · Sun Jul 05 11:22:06 GMT 2026

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको ‘तीन दिने फोटो पत्रकारिता’ आज तालिम सम्पन्न भएको छ । यही असार १९ देखि २१ गतेसम्म काठमाडौँस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिएको तालिममा देशका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकार, पत्रकार तथा फोटोग्राफी क्षेत्रमा रुची भएका ६० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।
तालिमको उद्देश्य फोटो पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, समाचार तस्बिरको गुणस्तर सुधार गर्नु, क्याप्सन लेखन, फोटो सम्पादन तथा दृश्य कथन (भिजुअल स्टोरीटेलिङ)सम्बन्धी ज्ञान र सीप विकास गर्नुका साथै फोटो पत्रकारिताको नैतिकता, उत्तरदायित्व तथा आधुनिक डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी गराउनु रहेको आयोजकले जनाएको छ । तीनदिने तालिममा फोटो पत्रकारिताको परिचय र विकास, समाचार मूल्य तथा फोटो छनोट, फोटो क्याप्सन लेखन, दृश्य कथन, फोटो सम्पादन, प्रकाश व्यवस्थापन, क्यामरा सेटिङ, ब्रेकिङ न्यूज कभरेज, फोटो पत्रकारिताको आचारसंहिता तथा नैतिकता, स्थलगत अभ्यास, फोटो समीक्षालगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
Read full story at source (canadanepal.com)