पश्चिम एसिया युद्ध, इन्धन मूल्यवृद्धि र लो बिडिङ नीतिले निर्माण क्षेत्र संकटमा
aarthiknews.com

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशको निर्माण उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकार र प्रतिनिधि सभाको अर्थ समितिको गम्भीर ध्यानाकर्षण गराएको छ । महासङ्घले अर्थ समितिका सभापतिलाई १३ बुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै निर्माण क्षेत्र जोगाउन तत्काल हस्तक्षेप गर्न आग्रह गरेको हो ।
महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, विशेषगरी पश्चिम एसिया युद्धपछि डिजेल र बिटुमिनको मूल्य आकासिँदा निर्माण व्यवसायीहरूले मात्रै करिब १० अर्ब रुपैयाँ बराबरको अतिरिक्त भार व्यहोर्नुपरेको छ । इन्धन मूल्यवृद्धिका कारण निर्माण लागत अस्वाभाविक रूपमा बढेकाले धेरै आयोजना अघि बढाउनै नसकिने अवस्था आएको महासङ्घको दाबी छ ।
Read full story at source (aarthiknews.com)