कांग्रेसले सभामुखलाई सम्झायो रास्वपाले निलो गलबन्दी लगाएर विरोध गरेको क्षण
shilapatra.com · Thu May 21 06:13:29 GMT 2026

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले रास्वपालाई अघिल्लो संसदमा रास्वपाले विरोध गर्दा प्रयोग गर्दा निलो गलबन्दी प्रयोगलाई स्मरण गरेको छ । बिहीबारको प्रतिनिधिसभामा कांग्रेसका सचेतक निश्कल राईले निलो गलबन्दी प्रयोग गरेर वेल घेरेको प्रसंग सुनाए । उनले सो कदम गलत भएको र अहिले पनि श्रम संस्कृति पार्टीले प्लेकार्ड देखाउने कदम गलत रहेको बताए ।
‘सभामुख महोदय, यहाँ बिर्सन नहुने एउटा प्रसंग उल्लेख गरौँ । आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जवाफदेहिता खोज्दै निलो स्कार्प घाँटीमा बाधेर वेल घेरेको थियो, वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारुढ दलबाट भएको थियो । त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो,’ राईले भने, ‘मेरो प्रश्न आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित सभामुख महोदय, त्यो पनि गलत थियो र अहिले पनि गलत र अर्मायदित भइरहेको छ भन्ने हाम्रो निष्कर्ष हो ।’
Read full story at source (shilapatra.com)