दुई जना असहाय व्यक्तिहरूलाई ह्विलचेयर प्रदान
news24nepal.tv · Sun Jul 05 11:36:00 GMT 2026

सर्लाही । लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको नवनिर्वाचित अध्यक्षमा विक्रम खड्काले निर्वाचित भयका छन् । लायन्स क्लब अफ लालबन्दी सेन्चुरी को हस्तानतरण कार्यक्रममा २०२६–२७ को अध्यक्ष पदमा निर्वाचित भएको सूरुवाती दिनमा नै अध्यक्ष खडकाले लालबन्दी १५ निवासी वर्ष ४१ को आईत बहादुर तोलाङ्गे र लालबन्दी १० निवासी वर्ष ५५ को मङ्गल सिंह सिङ्ग्दनलाई लायन्स क्लब अफ लालबन्दी सेन्चुरी तर्फबाट व्हिलचेयर प्रदना गरेका अध्यक्ष खडकाले बताए ।
लालबन्दी १५ निवासी वर्ष ४१ को आईत बहादुर तोलाङ्गे र लालबन्दी १० निवासी वर्ष ५५ को मङ्गल सिंह सिङ्ग्दनलाइ दैनिक जीवनयापनमा सहजता पु¥याउन आवश्यकताका आधारमा ह्विलचेयर हस्तान्तरण गरिएको हो ।
Read full story at source (news24nepal.tv)