कर्णालीमा खसेको मिनी बस र यात्रुको अवस्था अझै अज्ञात
barnanmedia.com · Sun Jul 05 11:30:34 GMT 2026

दैलेखको कर्णाली नदीमा खसेको मिनी बस दुर्घटनाको चार दिन बितिसक्दा पनि दुर्घटनाग्रस्त गाडी फेला परेको छैन । कर्णालीमा यतिखेर उच्च पानीको बहाव र धमिलो नदीका कारण खोजी कार्य प्रभावित भएको छ ।
सुर्खेतबाट कालीकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको मिनी बस (फोर्स) बिहीबार बिहान करिब ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साँगेतडा सडकबाट कर्णाली नदीमा खसेको थियो । आइतबारसम्म पनि गाडीको अवस्था र त्यसमा सवार यात्रुको यकिन विवरण खुल्न सकेको छैन ।
Read full story at source (barnanmedia.com)