हर्मुज जलमार्गमा इरानको कडा नियन्त्रण, अनुमति बिना जहाज प्रवेश निषेध
arthadabali.com · Thu May 21 06:25:32 GMT 2026

इरानले विश्वकै संवेदनशील समुद्री व्यापार मार्गमध्ये पर्ने स्ट्रेट अफ हर्मुजमाथि आफ्नो नियन्त्रण अझ कडा बनाउने कदमस्वरूप नयाँ व्यवस्थापन तथा अनुगमन क्षेत्रको सीमा औपचारिक रूपमा निर्धारण गरेको छ । नयाँ गठन गरिएको पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) ले अब जलघाँटी पार गर्ने जहाजहरूले अनिवार्य रूपमा समन्वय र अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको जनाएको छ ।
पिजिएसएले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको विवरणअनुसार नयाँ पर्यवेक्षण क्षेत्र इरानको कुह मोबारकदेखि संयुक्त अरब इमिरेट्सको फुजैराको दक्षिणी समुद्री क्षेत्रसम्म फैलिएको छ । यो क्षेत्र स्ट्रेट अफ हर्मुजको पूर्वी भागमा पर्ने बताइएको छ । इरानको केश्म टापुको अन्तिम विन्दु र संयुक्त अरब इमिरेट्सको उम्म अल–कैवेनलाई जोड्ने काल्पनिक रेखाबाट यो व्यवस्थापन क्षेत्र सुरु हुने उल्लेख गरिएको छ ।
Read full story at source (arthadabali.com)