कांग्रेसको १५ औँ महाधिवेशन ‘डिजिटलाइज’ हुने, उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिइने
ratopati.com · Sun Jul 05 11:41:41 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई प्रविधिमैत्री बनाउने भएको छ । आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई ‘डिजिटलाइजेशन’ गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न १५औँ महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको हो । निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन इभिएम वा अन्य डिजिटल प्रविधिलाई अगाडि बढाइने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
Read full story at source (ratopati.com)