महोत्तरीमा करिब ४८७ किलो गाँजासहित दुईजना पक्राउ
ratopati.com · Sun Jul 05 11:48:35 GMT 2026

जलेश्वर । महोत्तरी प्रहरीले ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा र एक ट्रकसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानमा गरिएको सुरक्षा कारबाहीका क्रममा ४८७ किलो १०५ ग्राम गाँजा बरामद गरिएको प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।
उनका अनुसार असार २० गते राति एकडारा गाउँपालिका–१ भटौलियामा सशस्त्र प्रहरीको टोलीले ना ३ ख ६५९२ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा सुरुमा ४० किलो ३६० ग्राम गाँजा फेला पारेको थियो । ट्रकमा सवार मकवानपुरको कैलाश गाउँपालिका निवासी २१ वर्षीय विपन नेगी र २४ वर्षीय साधुराम थिङलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।
Read full story at source (ratopati.com)