के लाम्पाटामा जनप्रतिनिधि, पर्यटक र स्थानीयमाथि सीमा विवादले नै आक्रमण भएको हो ?
shilapatra.com · Thu May 21 06:43:02 GMT 2026

बाजुराको हिमाली गाउँपालिका– ३ लाम्पाटामा प्रहरी चौकी स्थापनाको माग पुरानै हो । बाजुराका जनप्रतिनिधि र स्थानीय बासिन्दाले चौकी स्थापनाको माग गर्दै आएका थिए । लाम्पाटानजिक झण्डै दुई दिनको पैदल दूरीमा रहेको बिच्छियाँमा मात्रै प्रहरी चौकी छ । सोही मागलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश सरकारले यसवर्ष ४० लाख बजेट विनियोजन गर्यो ।
पर्यटकीय क्षेत्र रानीसैन (साइपाल हिमालको पूर्वी बेस क्याम्प)मा पर्यटकको चहलपहल बढ्न थालेपछि अन्तिम बस्ती लाम्पाटामा चौकी स्थापनाको योजना अगाडि बढाइएको थियो । केही दिनअघि मात्रै उपभोक्ता समितिमार्फत प्रहरी भवन निर्माणको काम सुरुवात गरिएको थियो । त्यसको जानकारी हुम्लाको खार्पुनाथ गाउँपालिका– २ थाली गाउँ र आसपासका बासिन्दाले पाए ।
Read full story at source (shilapatra.com)