लेजर हेयर रिमुभल डिभाइसले मेलबर्न विमानस्थलमा बमको त्रास
ratopati.com · Thu May 21 06:47:54 GMT 2026

मेलबर्न । मेलबर्नको एभालन विमानस्थल बिहीबार चार घण्टा आंशिक रूपमा बन्द गर्नुपर्यो । एक जना यात्रुको लगेजमा लेजर हेयर रिमुभल डिभाइस र हट चकलेट कन्टेनरलाई बम भएको आशङ्कापछि विमानस्थलमा त्रास फैलिएको थियो ।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा शङ्कास्पद प्याकेज फेला परेपछि बिहान करिब ६ बजे प्रहरी बोलाइएको थियो । यसपछि आन्तरिक उडानहरू प्रभावित भए भने अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भए ।
Read full story at source (ratopati.com)