रास्वपा कर्णाली प्रदेश अधिवेशन आज, सभापतिमा एक महिलासहित पाँच आकांक्षी
shilapatra.com · Sun Jun 14 02:12:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन आज (आइतबार) हुँदै छ । बिहान ११ बजेबाट सुरु हुने अधिवेशनलाई रास्वपा महामन्त्री भूपदेप शाह र सहमहामन्त्री विपिन आचार्यले सम्बोधन गर्नेछन् ।
अधिवेशनले पाँच वर्षका लागि प्रदेशको नेतृत्व चयन गर्नेछ । रास्वपा नेता सुदीप पुरीका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको छ । अधिवेशनमा सहभागी हुन १० जिल्लाका प्रतिनिधिसमेत वीरेन्द्रनगर पुगिसकेका छन् ।
Read full story at source (shilapatra.com)