मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
onlinekhabar.com · Fri Aug 28 04:54:48 GMT 2026

१२ भदौ, काठमाडौं । बारामा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कलैया उपमहानगरपलिका-१४ बस्ने ३३ वर्षीय सुजित पाण्डेको मृत्यु भएको हो ।
बिहीबार राति १० बजे कलैया उपमहानगरपलिका-१४ स्थित लक्ष्मिनिया चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
Read full story at source (onlinekhabar.com)