महालक्ष्मी विकास बैंकद्वारा पाँच विद्यार्थीलाई ‘महालक्ष्मी जेहेनदार विद्यार्थी छात्रवृत्ति’ प्रदान
shilapatra.com · Sun Jul 05 11:50:00 GMT 2026

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पाँच जना जेहेनदार तथा आर्थिक अवस्था कमजोर विद्यार्थीलाई ‘महालक्ष्मी जेहेनदार विद्यार्थी छात्रवृत्ति’ वितरण गरेको छ ।
बैंकका अनुसार विभिन्न समयमा बैंकसँग एकीकृत भएका संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ, हरि प्रसाद गिरी, अशोक श्रेष्ठ, नवराज बहादुर सिंह र सीताराम प्रसाईको स्मृतिमा स्थापना गरिएको छात्रवृत्तिअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको हो ।
Read full story at source (shilapatra.com)