कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्काको माग अस्वीकार
annapurnapost.com · Fri Aug 28 04:50:59 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले महाधिवेशन रोक्नुपर्ने तत्कालीन अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। देउवा र खड्काको तर्पmबाट दायर पूरक निवेदनमा कांग्रेसको १५औं महाधिवेशनका गतिविधि रोक्न अन्तरिम आदेश माग गरिएको थियो। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार तीन सदस्यीय पूर्ण इजलासले निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
Read full story at source (annapurnapost.com)