नेपाली सेनाले गर्यो ८२९ बाढी प्रभावितको उद्दार
barnanmedia.com · Fri Aug 28 04:51:50 GMT 2026

रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका ६ वटा र गैरसैनिक ९ वटा हेलिकप्टरद्वारा उद्धार कार्य भइरहेको छ। हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा ७२४ जना तथा गैरसैनिक हवाई साधनद्वारा १०५ गरी जम्मा ८२९ जना (विदेशी १०१ सहित) को उद्धार गरिएको छ । २०० जनाको जमिनी उद्धार गरिएको छ। प्रभावित जिल्लामा खोज तथा उद्धार कार्यमा नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी फौज खटिईं खोजरउद्धार तथा राहत वितरण कार्य गरिरहेको छ ।
वीरेन्द्र अस्पतालबाट खटिएको डाक्टर अधिकृत सहितको मेडिकल टिमबाट त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमा ५८३ र फिल्ड एम्बुलेन्सबाट खटिएको मेडिकल टिमबाट धुन्चे इलाकामा ५६२ गरी जम्मा ११४५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। ड्रोन र सैनिक डगको समेत प्रयोग गरी खोज तथा उद्धारको कार्य भईरहेको छ। साथै, नेपाली सेनाका २० ट्रकद्वारा त्रिशूलीमा राहत सामग्री ढुवानी गरी हवाई साधनद्वारा आवश्यकता अनुसार प्रभावित स्थानहरूमा पुऱ्याउने कार्य समेत भइरहेको नेपाली सेनाले जनाएको छ।
Read full story at source (barnanmedia.com)