धर्म र पर्यटनलाई जोड्दै मझुवागढी
ratopati.com · Sun Jul 05 12:17:35 GMT 2026

खोटाङ । जिल्ला सदरमुकाम दिक्तेल बजारस्थित हाटडाँडाबाट सिढीँहरू चढ्दै करिब ४५ मिनेट उकालो पार गरेपछि पुगिन्छ मझुवागढी । प्राकृतिक सुन्दरतासँगै कालिका भगवती मन्दिर, बुधेश्वर महादेव मन्दिर (गुफा), किरातीहरूको ऐतिहासिकस्थल जस्ता ऐतिहासिक एवं धार्मिक महत्वका स्थलहरूले यहाँको महिमा र गरिमालाई अझै उचो बनाएका छन् ।
पैदलयात्रा गरी माथि पुगिसकेपछि भने हरियालीयुक्त भूगोलसँगै तीर्थस्थलका साथै यहाँबाट देखिने दिक्तेल बजारसहित वरपरको रमणीय दृश्यले जोकोहीलाई मोहित गराउँछ । पछिल्लो समयमा व्यवस्थित गर्दै लगिएका पूर्वाधारले पनि गढीसम्मको यात्रालाई थप व्यवस्थित बनाएको बुधेश्वर महादेव मन्दिरका पुजारी नवराज घिमिरेले बताए। उनका अनुसार यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ।
Read full story at source (ratopati.com)