एलोन मस्कको कम्पनी स्पेसएक्सद्वारा आईपीओ निष्कासन योजना सार्वजनिक
kalakarmi.com · Thu May 21 07:03:40 GMT 2026

काठमाडौं- एलोन मस्कको रकेट तथा भू-उपग्रह कम्पनी स्पेसएक्सले बुधवार आफ्नो लामो समयदेखि रोकिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को योजना सार्वजनिक गर्दै कम्पनीको वित्तीय अवस्था र नेतृत्व प्रणालीबारे विस्तृत विवरण बाहिर ल्याएको छ ।
सीएनएनको प्रतिवेदन अनुसार कम्पनीले यसअघि गोप्य राखिएका सञ्चालक समिति सदस्य, बिक्री, नाफा, खर्च र व्यावसायिक मोडेलका विवरणहरू पहिलो पटक प्रस्तुत गरेको हो । सार्वजनिक निष्कासनलाई विश्व इतिहासकै सबैभन्दा ठूलो आइपीओका रूपमा हेरिए पनि कम्पनीले कति रकम सङ्कलन गर्न खोजेको र यसको मूल्याङ्कन कति हुनेछ भन्ने कुरा भने खुलाएको छैन । जसको घोषणा सेयर निष्कासन हुनु ठीक अघि गरिनेछ । कम्पनीले आफ्नो व्यवसाय सञ्चालनका बारेमा २७७ पृष्ठ लामो विस्तृत विवरण सार्वजनिक गरेको छ, जस अनुसार एलोन मस्क कम्पनीको अध्यक्ष र मुख्य सञ्चालन अधिकृत (सीओओ) ग्विन सटवेल निर्देशकका रूपमा रहेका छन् ।
Read full story at source (kalakarmi.com)