दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्छ : महामन्त्री शर्मा
ekagaj.com · Mon Jul 04 12:24:42 GMT 2022
अमेरिका - नेपाली कांग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्छ भन्ने कुरामा जोड दिए । उनले अमेरिकाको नर्थ क्यारोलाइनामा भै रहेको एनआरएनए ज्ञान सम्मेलन तथा ११ औ साधारण सभाको उद्घाटन कार्यक्रम मन्तव्य राख्दै शुभकामना सहित उक्त भनाई राखेका हुन् ।
उनले मन्तव्यकै क्रममा नेपाल बाहिर र गैर आवासीय नेपालीहरुले चाहना गरेको गैर आवासीय नेपाली नागरिकता तथा मताधिकारको बारेमा चर्चा गर्दै यो कहाँ निर अलमलिएको छ । नेपाली कांग्रेसले यस बिषयमा आफ्ना धारणा पटक पटक दिएको र वक्ताहरूले यस बिषयमा भएका पछिल्ला गतिविधिहरूको बारेमा बताइसकेको प्रसंगलाई उनले जोड दिए ।
Read full story at source (ekagaj.com)