भारतको सेना प्रमुखमा धीरज सेठ नियुक्त
kendrabindu.com · Sun Jun 14 02:42:18 GMT 2026

काठमाडौं । भारतीय सेनाको प्रमुखमा लेफ्टिनेन्ट जनरल धीरज सेठ नियुक्त भएका छन्। भारत सरकारले शनिबार सेठलाई नयाँ सेना प्रमुख नियुक्त गरेको हो। उनी हाल भारतीय सेनाको उप–सेनाध्यक्षका रुपमा कार्यरत छन्।
वर्तमान सेनाध्यक्ष उपेन्द्र द्विवेदी ३० जुनमा अवकास पाउँदै छन्। त्यसपछि लेफ्टिनेन्ट जनरल सेठले सेनाध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। उनी ३० जुनमा भारतीय सेनाका ३१औँ सेनाध्यक्षको शपथ लिनेछन्। उनको कार्यकाल ३१ अगस्त २०२८ सम्म हुनेछ।
Read full story at source (kendrabindu.com)