सीमानामा नेपालको झन्डा राखियो
annapurnapost.com · Sun Sep 06 01:54:44 GMT 2026

रसुवा : नेपाल–चीन अन्तर्राष्ट्रिय सीमानाका रहेको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा राष्ट्रिय झन्डा फहराइएको छ। सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले शनिबार नाकामा नेपालको झन्डा राखेको हो।
भोटेकोशी नदीमा आएको बाढीका कारण पुग्न कठिन बनेको उक्त स्थानमा बीओपी टिमुरेको टोली ३ किलोमिटर जोखिमपूर्ण भीरको बाटो हुँदै अगाडि बढेको थियो।
Read full story at source (annapurnapost.com)