तीर्थयात्रीका लागि दामोदरकुण्ड खुलाः धर्मशालामा निःशुल्क भोजनको व्यवस्था
canadanepal.com · Sun Jun 14 02:50:00 GMT 2026

काठमाडौं - हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ। उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित यो कुण्ड समुद्री सतहदेखि चार हजार ८९० मिटरको उचाइमा रहेको छ।
मुस्ताङको दुर्गम क्षेत्रमा रहेको यस कुण्डमा पुग्ने मार्गहरूको मर्मत कार्य सम्पन्न भएसँगै यात्रा सहज बनाइएको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ज्याङ छेसा गुरुङले जानकारी दिए ।
Read full story at source (canadanepal.com)