प्रधानमन्त्रीको दावी ४० घण्टामै गलत सावित
barnanmedia.com · Sun Sep 06 01:53:26 GMT 2026

विपद्का बेला राज्यको सर्वोच्च ओहोदामा बस्ने नेतृत्वका प्रत्येक शब्दले नागरिकको आत्मबल, पीडित परिवारको धैर्य र उद्धारमा खटिएका सुरक्षाकर्मीहरूको मनोबल निर्धारण गर्छन्। तर जब त्यही नेतृत्व संसद्को रोस्ट्रममा उभिएर असाध्यै निराशाजनक र असम्भवताका भाष्य निर्माण गर्छ, तब त्यसले सिङ्गो राष्ट्रलाई नै हतोत्साहित बनाउँछ।
हालै संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले जलविद्युतका सुरुङभित्र बाढी र लेदोमा फसेका नागरिकहरूको तत्काल उद्धार गर्ने प्रविधि ‘विश्वमै नभएको’ जिकिर गर्दै जीवित उद्धारको सम्भावना टर्दै गएको सङ्केत गरेका थिए। राज्यप्रमुखको यो अभिव्यक्तिले सुरुङभित्र फसेका श्रमिकका आफन्तहरूमा गहिरो पीडा र निराशा छाएको थियो।
Read full story at source (barnanmedia.com)