प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन
ratopati.com · Thu May 21 07:31:42 GMT 2026

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ । सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरुलाई आवास व्यवस्थापनमा सहज भएको छ । नवनिर्मित भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले उद्घाटन गरेका छन् ।
“पूर्वाधारले प्रहरी कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनेको छ,” उनले भने, “प्रबिधीको प्रयोग गरि प्रहरी सेवाको गुणस्तर सुधारमा जोड दिएका छौँ ।” बेनी नगरपालिका–४ का वडा अध्यक्ष भगवान खड्काका अनुसार वि.स. २०५० अघि स्थापना भएको सिंगा तातोपानी प्रहरी चौकीले तीन दशकपछि आफ्नै भवन पाएको हो ।
Read full story at source (ratopati.com)