चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति, बूढीगण्डकीको तटीय क्षेत्रमा सचेत रहन आग्रह
ratopati.com · Sun Sep 06 02:18:39 GMT 2026

गोरखा । जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । आज विहान आएको बाढीले चुमनुब्री ४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । बाढी आएको बारे थाहा पाएर स्थानीयवासी भागेर ज्यान जोगाएका उहाँले बताउनुभयो । बाढीले सोही ठाउँको झोलुङ्गे पुल पनि बगाएको कार्यालयले जनाएको छ ।
Read full story at source (ratopati.com)