अविवाहितको ‘फेक’ सिफारिस: श्रीमतीको निवेदन रद्दीको टोकरीमा, वडाध्यक्ष तामाङ प्रहरीको खोरमा!
canadanepal.com · Thu May 21 08:00:24 GMT 2026

सिन्धुपाल्चोक- भनिन्छ, कानुनको आँखा छिपेको हुन्छ तर प्रकृतिको नियम र श्रीमतीको आँखाबाट केही लुक्दैन। आफ्नो वडाका एक विवाहित पुरुषलाई ‘कुमार’ (अविवाहित) भएको नक्कली सिफारिस पत्र थमाइदिने सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रेशम तामाङ अन्ततः आफैँ कानुनी फन्दामा परेका छन्। नेपाली कांग्रेसबाट निर्वाचित यी जनप्रतिधिलाई प्रहरीले लिखत कीर्तेसम्बन्धी कसुरमा बाह्रबिसेबाटै हतकडी लगाएर नियन्त्रणमा लिएको छ।
वडाका एक विवाहित पुरुष आफ्नो ‘स्टाटस’ बदल्न र कानुनी रूपमा अविवाहित बन्न वडा कार्यालय धाउँदै थिए। यो कुराको सुइँको ती पुरुषकी असली श्रीमतीले पाइन्। उनले हतार–हतार वडा कार्यालय पुगेर ‘मेरो श्रीमान् विवाहित हुन्, उनी अर्कै दाउमा छन्, त्यसैले अविवाहितको सिफारिस नदिनुहोला’ भन्दै लिखित निवेदन नै दर्ता गराइन्।
Read full story at source (canadanepal.com)