सेयर बजारको ओरालो यात्रा कायमै
merolifestyle.com · Sun Nov 13 09:51:27 GMT 2022
साताको पहिलो कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। गत साताको सोमबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १ अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा यस दिन २२५ स्टकको १८ हजार ४५ पटकको कारोबारमा ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको २० लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार लक्ष्मी इक्वीटि फण्डको इकाईमूल्य सर्वाधिक ७.९ प्रतिशत बढेको छ। त्यसैगरी, आज लक्ष्मी उन्नती कोषको इकाईमूल्य ३.७७ प्रतिशत बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ३.७४ प्रतिशत बढेको छ। यस दिन नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.९० प्रतिशत घटेको छ भने निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६.४० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीकोा यस दिन १० करोड ३९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आव निर्धन उत्थान लघुवित्त, नबिल बैंक, हिमालयन पावर पार्टनर र नेपाल पुनर्बीमा कम्पनीको २ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये आज होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक आज ०.६ प्रतिशत बढेको छ। आज १२ उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिनआज सर्वाधिक १.४४ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का
Leave a Reply Cancel reply
Your email address will not be published. Required fields are marked *
प्रतिकृया *
Save my name, email, and website in this browser for the next time I comment.
Read full story at source (merolifestyle.com)