धर्म र पर्यटनलाई जोड्दै मझुवागढी
barnanmedia.com · Sun Jul 05 13:18:22 GMT 2026

जिल्ला सदरमुकाम दिक्तेल बजारस्थित हाटडाँडाबाट सिढीँहरू चढ्दै करिब ४५ मिनेट उकालो पार गरेपछि पुगिन्छ मझुवागढी । प्राकृतिक सुन्दरतासँगै कालिका भगवती मन्दिर, बुधेश्वर महादेव मन्दिर (गुफा), किरातीहरूको ऐतिहासिकस्थल जस्ता ऐतिहासिक एवं धार्मिक महत्वका स्थलहरूले यहाँको महिमा र गरिमालाई अझै उचो बनाएका छन् ।
पैदलयात्रा गरी माथि पुगिसकेपछि भने हरियालीयुक्त भूगोलसँगै तीर्थस्थलका साथै यहाँबाट देखिने दिक्तेल बजारसहित वरपरको रमणीय दृश्यले जोकोहीलाई मोहित गराउँछ । पछिल्लो समयमा व्यवस्थित गर्दै लगिएका पूर्वाधारले पनि गढीसम्मको यात्रालाई थप व्यवस्थित बनाएको बुधेश्वर महादेव मन्दिरका पुजारी नवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ ।
Read full story at source (barnanmedia.com)