डोल्पा जीप दुर्घटना : मृतक र घाइते सबैको पहिचान खुल्यो
lokaantar.com

डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आज बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जगदुल्ला-४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जीप आज दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका-८ डोल्पाका ३८ वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पद्म रावलले जानकारी दिए ।
Read full story at source (lokaantar.com)