संगीतप्रेमीका मन जितेकी डोली पार्टन क्यान्सरसँग हारिन्
kendrabindu.com · Fri Aug 28 05:05:55 GMT 2026

काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी कन्ट्री म्युजिक गायिका डोली पार्टनको ८० वर्षको उमेरमा गत मंगलबार निधन भएको छ । किड्नी तथा अटोइम्यून समस्या देखिएपछि डोली पार्टनलाई न्यासभिलस्थित भ्यान्डरबिल्ट–इग्राम क्यान्सर सेन्टरमा लगिएपनि उपचारका क्रममा निधन भएको थियो । उनको निधनमा संगीत, कला र राजनीतिक क्षेत्रका दिग्गज व्यक्तिहरूसँगै विश्वभरका समर्थकहरूले गहिरो शोक व्यक्त गरेका छन् ।
६ दशकभन्दा लामो सांगीतिक यात्रामा उनले झन्डै तीन हजार गीतहरू सिर्जना गरिन् भने उनका १० करोड भन्दा बढी एल्बम बिक्री भएका छन् । ‘जोलीन’, ‘नाइन टू फाइभ’ र ‘आई विल अलवेज लभ यू’ जस्ता गीतहरू विश्व चर्चित छन् । खासगरी उनलाई विश्व संगीत जगतमा ‘क्वीन अफ कन्ट्री म्युजिक’ (कन्ट्री संगीतकी महारानी) उपनामले पनि चिनिन्छ ।
Read full story at source (kendrabindu.com)