तिलोत्तमा दलित ज्ञान उत्सव सुरु
himalpress.com · Sun Jul 05 14:11:27 GMT 2026

बुटवल- रूपन्देहीको तिलोत्तमामा आइतबारदेखि तेस्रो संस्करणको तिलोत्तमा दलित ज्ञान उत्सव सुरु भएको छ। तिलोत्तमा नगरपालिकाको आयोजनमा सुरु भएको उत्सवको पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री विश्वकर्माले दलित समुदायको सवालमा स्थानीय तहले बहसको थालनी गरेर तिलोत्तमाले उदाहरणीय कार्य गरेको बताए। उनले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गरिए पनि व्यवहारमा यसका अवशेषहरु रहेको बताउँदै त्यसलाई चिर्ने गरी स्थानीय सरकारले विभिन्न विषयमा बहस गर्नु निकै प्रशंसनिय कार्य रहेको बताए।
Read full story at source (himalpress.com)